शेयर घट्ने क्रम जारी



काठमाडौं, (नेस)
केही दिनदेखि ओरालो लागिरहेको पु“जी बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार शेयर बजार ५ दशमलव ३८ अंकले घटेर १ हजार १ सय ९३ दशमलव ३९ अंकमा कायम भएको छ ।

दिनभरिमा १ सय ६२ वटा कम्पनीको १९ लाख १८ हजार ६ सय ४८ कित्ता शेयर ३ हजार ७ सय ७२ पटक खरिद बिक्रीबाट ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपिया“ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार १७ करोड ५३ लाख रुपिया“ बराबरको मात्रै कारोबार भएको थियो ।

बिहीबार होटल र उत्पादनमुलक समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेको छ । होटल समूहको उपसूचक १४ दशमलव ६१ अंकले र उत्पादनमुलक समूहको उपसूचक शून्य ४६ अंकले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ८० दशमलव ८२ अंकले घटेको छ।

त्यसैगरी बैंकिङ समूहको उपसुचक ३ दशमलव ४६ अंकले, विकास बैंक समूहको उपसुचक ७ दशमलव शून्य ८ अंकले, जलविद्युत् समुहको उपसूचक ६ दशमलव ६१ अंकले, वित्त समूहको उपसुचक शून्य दशमलव ५७ अंकले, अन्य समूहको उपसुचक शून्य ९७ अंकले, लघुवित्त समूहको उपसुचक १६ दशमलव २३ अंकले र जीवन बीमा समूहको उपसुचक ४३ दशमलव ५५ अंकले घटेका छन् ।

बिहीबार सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको प्रोमोटर शेयरको ३० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।जम्मा ३१ वटा कम्पनीका शेयरधनीले कमाउ“दा सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव शुन्य ३ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७९ अंकका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्