‘गरिखानेको नाममा’ माथि छलफल



काठमाडौं, (नेस)
प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालको पुस्तक ‘गरिखानेको नाममा’ माथि प्राज्ञिक छलफल भएको छ । राजधानीको लेखनकुन्जमा आयोजित कार्यक्रमा बिभिन्न बिषयमा बिद्याबारिधि गरेका डक्टरहरुले किताबमाथि छलफल गरेका हुन ।

कार्यक्रममा बोल्दै डक्टर नवराज खतिवडाले सामान्य मान्छेलाई राजनेता बनाउन पुस्तक उपयोगी भएको बताउदै भन्नु भयो– ‘सामान्य ढुंगालाई कलाकारले मुर्ति देखे जस्तै राजनेताले र नीतिले त्यस्तै देख्ने यो पुस्तकले बताएको छ ।’ राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डक्टर सुनिलबाबु श्रेष्ठले बिष्णु रिमालको पुस्तक प्रधानमन्त्रीले लिएको सुखी नेपाली र समृद्ध नेपालको योजनामा सहयोग पुराउने खालको रहेको बताउनुभयो ।

त्रिबीका प्राध्यापक एवम डक्टर तारानीधि भट्टराईले आफुले नीति निर्माणको काममा जादा यो पुस्तक साथै लिएर जाने बताउदै गरिखानेका नाममा राजनीति गर्नेलाई बहुमुल्य उपहार रहेको बताउनुभयो । कार्यक्रम आयोजक संस्था घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले गरिखानेको नामम पुस्तकले गरिखानेले गरिखान पाए कि पाएनन पाउछन कि पाउदैनन यो आफैमा प्रश्न बनेकोले यो कार्यक्रम आयोजना गरिएको बताउदै यो कार्यक्रम भावी पुस्ताको लागि दिशाबोध भएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्