दुर्घटनामा परेका ५९ विद्यार्थीको उद्वार



नेपाल समाचारपत्र, काठमाडौं
भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ स्थित दुवाकोटमा बिहीबार दिउँसो सवा चार बजे स्कूल बस दुर्घटनाहुँदा ५८ जना बालबालिकाहरु र एक जना सहचालक गरी ५९ जनाकोे एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।

काठमाडौको मूलपानी स्थित कृश्चियन कम्यूनीटि स्कूलको बा.१क ९२५० नम्बरको स्कूल बस स्कूल छुट्टी भई विद्यार्थीहरुलाई लिएर नेपाल इन्जिनियरीङ कलेज चागुनारायणतर्फ जाँदै गरेको अवस्थामा साघुरो बाटोमा दायाँतर्फ रहेको खाल्डो छलाउन खोज्दा बाटो भासिएर सो दुर्घटना भएको बताइएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गुहेश्वरी गण दुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्माको कमाण्डमा खटिएको १ सय ८९ जनाको एपीएफ टोली तत्कालै दुर्घटना स्थलमा पुगी उद्वार कार्यमा जुटेको थियो ।

बसका सहचालक अनिल थापा र अन्दाजी ४ वर्षिया बालिका प्रतिज्ञा श्रेष्ठको अवस्था गम्भिर रहेको बताइएको छ । एपीएफ टोलीले आवश्यक उपचारको लागि घाईते भएका बालबालिकाहरुमध्ये १८ जनालाई नागरीक सामुदायिक अस्पताल गट्ठाघर र ४१ जना घाइतेहरुलाई मध्यपुर ठीमी अस्पताल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्