नेपाल इन्भेष्टमेन्ट बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड



काठमाडौं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले युरोमनी एक्सिलेन्स ‘उत्कृष्ट बैंक नेपाल, २०१८’ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एसियाका पा“च सय पाहुना सहभागी एक कार्यक्रमका बीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले यो अवार्ड पहिलोपटक प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलोपटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरले शुरू गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाकाबारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ । यस वर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाले राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

८ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटीएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ ।

एस डेभलपमेन्ट बैंकको प्राप्तिपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमाससम्ममा चुक्ता पु“जी १० दशमलव ६५ अर्ब पुगेको छ भने बैंकको प्राथमिक पु“जी २० दशमलव ९४ अर्ब पुगेको छ । त्यसैगरी बैंकले १३० दशमलव २ अर्ब निक्षेप संकलन गरी ११८ दशकलव ८ अर्ब रुपिया“ कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले २ दशमलव ८४ अर्ब खुद नाफा गरेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको पु“जी पर्याप्तता अनुपात १३ दशमलव २५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई शून्य दशमलव ७६ प्रतिशतमा सीमित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्