एकै दिन बलात्कारका दुई उजुरी



सिर्जना पन्त, बागलुङ
बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा दुईवटा बलात्कारका उजुरी दर्ता भएका छन् । बागलुङको जैमिनी नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् भने बडिगाड गाउँपालिकामा नाताले हजुरबा पर्ने मानिसबाट एक महिला बलात्कृत भएकी छिन् ।

बागलुङको बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई नाताले नातिनी पर्नै ३९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । पीडित महिलाले घर्तीले आफुलाई मादक पदार्थ सेवन गरी ०७५ असार २१ गते रातीको समयमा जबरजस्ती करणी गरेको भन्दैं जिल्ला प्रहरी कार्यालय बागलुङमा ०७५ साउन २ गते उजुरी दिएपछि प्रहरीले सोही दिन गिरफ्तार गरेको हो ।

बाख्रा किनेर घर र्फकर्दै गरेका घर्ती रात परेको भन्दैं पीडितको घरमा बास बसेका थिए । पीडित महिलाका पती संगैं साझको खाना खाएर मापद पदार्थ सेन गरेका घर्तीले रातको एक बजे आफुलाई जबरजस्ती करणी गरेको महिलाले उजुरीमा उल्लेख गरेकि छिन् ।
महिलाको साउन २ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्यपरिक्षण गरिएको छ ।

त्यस्तै बागलुङको जैमिनी नगरपालिका–९ का २८ वर्षीय एक युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी–४ की १६ वर्षीया एक बालिकालाई ०७५ साउन २ गते विहान जबरजस्ती करणीको गरेको भन्दैें गिरफ्तार गरेको छ ।

एसईइको पुरक परिक्षाको लागि कुश्मिशेरामा ट्युसन पढेर घर फर्कदैं गरेकी बालिकालाई जैमिनी–९ पैयुथन्थापका अर्जुन नेपालीले जैमिनी–४ मौलाछको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

नेपालीले करणी गर्ने क्रममा चिच्चाईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै पुगेका स्थानियलाई देखेपछि नेपाली भागेका थिए । घटनाको बिषयमा जानकारी पाएलगत्तै खोजी कार्यमा लागेका जैमिनी–४ का वडाध्यक्ष चक्र थापाको सहयतामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपाली माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका बागलुङका एसपी दिपक रेग्मीले बताए । पिडित बालिकाको धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्यपरिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्