बनेपा बसपार्ककका सटरको ब्यवस्थापन गरिदै



काभ्रे(नेस)
बनेपा नगरपालिकाको बसपार्कमा रहेका सटर कवलहरु मनलाग्दी रुपमा भाडामा लगाउने ब्यवसायीलाई नगरपालिकाले च्यापेको छ । एउटाले सम्झौता गरेको सटर एक पछि अर्काे गर्दै सटरको ब्यापार भएको वर्षाै पछि नगरपालिकाले ब्यवस्थापन शुरु गरेको हो ।

जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीहरुको निर्देशनलाई अटेर गरी भाडा नतिर्ने ब्यवसायीहरुलाई कारवाही शुरु गरिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७३÷२०७४ को लेखा परिक्षणमा समेत सटरको ब्यवस्थापन गरी आम्दानी दाखिला गर्न निर्देशन दिईएको थियो । बसपार्कमा रहेको पसल कवल भाडा ६६ जना ब्यक्ति तथा संघ संस्था र समितिलाई भाडामा दिएको छ ।

भाडामा लगाएका मध्ये १० जनाले मात्र पुरा भाडा बुझाएका छन् । ५६ जनाले भाडा बापत नगरपालिकालाई ३२ लाख ७३ हजार ६ सय २६ रकम बुझाउन बाँकी छ । ५६ जनालाई हटाउने र सम्झौता अनुसार जरीवना समेत असुल गर्न निर्देशन दिएको छ । नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै ब्यवस्थापन गर्न खोजिएको बसपार्कका सटरहरुमा पुरानै ब्यवसायीहरु बस्न चाहे पनि नयाँ सम्झौता र पुरानो भाडा जरिवना सहित असुल्न निर्देशन दिएको छ ।

खुल्ला प्रतिस्पर्धामा उक्त बसपार्कलाई ब्यवसायमा लगाउन सरोकारवालाहरुले निर्देशन दिएका छन् । एउटाले सटर लिएर अर्काेलाई विक्री गरी भाडा नतिर्ने प्रकृयाको अन्त्य गर्न नयाँ सम्झौता गर्ने र सटरको भाडा दर कायम गर्ने तयारी गरिएको छ । यस अघि एउटै सटरमा ब्यवसाय गरिरहेका परिवारले नै आत्महत्या गरे पछि नगरपालिका भित्रको सटरको अवस्था सार्वजनिक भएको थियो । लेखा परिक्षणमा साविक बनेपा नगरपालिका रहँदाको अवस्थामा १ सय ८९ जनाको नाममा पेश्की बाँकी देखाएको छ ।

२ करोड ४१ लाख २६ हजार ५७ रुपैया पेश्की र आर्थिक वर्ष २०७३÷२०७४ मा चालु र पूँजिगत पेश्की ५ करोड ३१ लाख ७६ हजार ८ सय १४ समेत गरी ७ करोड ७३ लाख २ हजार २ सय ४१ रुपैया पेश्की फछ्र्याैट गर्न बाँकी छ ।

साविक टुकुचा गाविसको आव २०७२÷२०७३ को १ लाख ४३ हजार ३ सय र आर्थिक वर्ष २०७३÷२०७४ को २ लाख २० हजार ४ सय २२ पेश्की फछ्र्यौट गर्न बाँकी छ । साविक उग्रतारा जानागल गाउँ विकास समितिको अघिल्लो वर्षको ११ लाख १३ हजार ५ सय १९ र आर्थिक वर्ष २०७३÷२०७४ को ७ लाख ६ हजार ६ सय ४० रुपैया रहेको छ ।

साविक महेन्द्रज्योती गाविसको २४ उपभोक्तालाई १० लाख ८३ हजार ९ सय २८ रुपैया पेश्की बाँकी छ । पछिल्लो वर्षको १ लाख ३६ हजार रुपैया समेत फछ्र्याैट गर्न बाँकी छ । आर्थिक वर्ष २०७३÷२०७४ को लेखा परिक्षणमा बनेपा नगरपालिकाको ६ करोड ४० लाख ५२ हजार बेरुजु देखिएको छ । असुल गर्नु पर्ने ५ लाख ७९ हजार, नियमित गर्नु पर्ने ८९ लाख ६४ हजार र पेश्की ५ करोड ४५ लाख ९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्