डा. केसीको काठमाडौँ अवतरण, शिक्षण अस्पतालमा नै लगियो



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रा.डा. गोविन्द केसीलाई गोली चलाउने धम्की दिएर १० मिनेट भित्र आत्मसमपर्ण गर भन्दै अपहरणको शैलीमा जुम्ली जनताको काखबाट खोसेर सरकारले काठमाडौका लागि ३ बजेर ३० मिनेटमा जुम्लाबाट हेलिकप्टर उडाएको थियो । काठमाडौँका लागि भनेर उडेको हेलिकोप्टर ३ बजेर ३५ मिनेटमा सुर्खेत पुगेको थियो ।

सुर्खेतमा अवतरण भएकोे केहि समयपछि सुर्खेतबाट उडान भएको हेलिकप्टर साँझ ७ बजे काठमाडौँ अवतरण गरेको छ । अवतरण पछि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा नै लग्ने भनि तयारी गरिएको नेपाल समाचारपत्रकर्मी गंगा बरालले जानकारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्