आहा ! झिमरुक फाँट,कस्ले बचाउने ?



सलिम अन्सारी, प्युठान ।
समथर भुमी ,वरीपरी हरीयाली । मनमोहक छ झिमरुक फाँट । सामान्यतया प्यूठान भित्रने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ। दाङ भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु यहाको दृश्य हेरेरै लोभिन्छन । तर हिजोआज कि त घर हुन। या घर बन्न नपाएका घडेरी । जग्गा जती पल्टिङ्ले खाएपछी कंक्रिटको जंगलको रूपमा बदलिन थालेको छ । झिमरुक फाँटमा अहिले वाक्लो बस्ती बसेको छ । पहेलपुर धान फल्ने खेतहरु घरैघरले भरिन थालेका छन । शहरीकरण बढ्दो छ । स्थानियका अनुसार यहि फांटमा बर्से्नि २ सय भन्दा बढी नयाँ घर थपिने गरेका छन्। घरघडेरीमात्रै होइन, बर्षे्नि झिमरुक नदीको बाढीले कटान गर्दा फाँटको क्षेत्रफल निकै घटेको छ।

लहलह धान झुल्ने झिमरुक फाँट सात आठ बर्सै भयो घरघडेरी निर्माण र कटानको दोहोरो चपेटामा छ । प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेज बहादुर बिष्ट्रकाअनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ । ‘झिमरुकको बाढीले समेत बर्से्नि खेत कटान गर्दै आएको छ,’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बन्ने गर्ने क्रम बढ्दो छ । रोकिएको छैन। फाँट मासिँदा बर्से्नि खाद्यान्न उत्पादन घट्दै गएको छ ।’ वार्षिक २०र२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत गरेको छ। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो । यसरी खेतीयोग्य भुमिमा बस्ती बिस्तार गरिए पछि बाह्रैमास सिंचाइ सुविधा भएको समथर झिमरुक फाँटको खेत मासिँदै गएको हो ।

बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जाताततैबाट छोरे बाटाहरू खोलिएका छन । खेतमा बनाईएका घरघडेरीमा धमाधम नया घर बनाइँदैछ । यो क्रम रोकिएको छैन। राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा यो हरियाली फाँट मासिन थालेको वर्षौ हुन थाल्यो । आहा! झिमरुक फाँट,बचाउने कस्ले?

कार्यान्वयन फितलो

झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए। तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।
जिविसले प्यूठान जिल्लाको उर्भर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले भिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । उस्ले ५ बर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ । यद्धपी नगरपालिकाले यस्को कार्यान्वयन गर्न सकेको छैन।
नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय गरेको थियो । तर, यो कार्यान्वयन फितलो भएको छ । स्थानिय समाजसेवी लोक बहादुर बस्नेतले झिमरुक फाँटमा कृषिसम्बन्धी उद्यम सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्र बलियो बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ । यसलाई जोगाउनुपर्छ ।’ उनी त्यसका लागि राज्य संयन्त्रलाई सबैभन्दा बढी जिम्मेवार ठान्छन् बस्नेतले भने झिमरुक फाँट बचाउन सबै क्षेत्रबाट लाग्नुपर्छ।’ यसै गरि अब्यबस्थित बस्ति बिस्तार नरोकिए प्यूठानकै सौन्दर्यता गुम्ने खतरा रहेको उनले सुनाए । त्यसैले अहिले ‘झिमरुक फाँट बचाउ अभियान’मा धेरैको आशा र भरोसा प्यूठान नगरपालिका भएको छ । नगरप्रमुख अर्जुनकुमार कक्षपति पनि फाँट मासिएकोमा चिन्तित देखिन्छन् । उनले चुनाब जितेको बर्ष्दिन बित्यो । तर, काम भने के हुँदैछ त ? भन्छन्, ‘फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउदै छौँ। नौ महिना भित्रै सक्ने गरि गुरुयोजना बनाएर अघि बढ्दैछौँ । हाललाई प्लटिङ गर्न रोक लगाएका छौँ ।’ यद्धपी पल्टिङ गरिएको पुराना जग्गामा घर बन्ने क्रम नरोकिएको उनले जनाए। भर्खरै सम्पन्न तेस्रो नगरसभाले पनि खेतीयोग्य जमिन जोगाउनका लागि ‘नगर गुरुयोजना’ बनाएर अघि बढ्ने नीतिगत निर्णय गरेको छ । नगरले व्यवसायिक, औद्योगिक र आवास निर्माण गर्ने योजना बनाएको छ । उनी भन्छन्, ‘झिमरुक फाँट सुन्दर्तालाई ह्रास हुन दिन्नौ।’ नगरपालिकाले दिर्घकालिन भुउपयोग नीति बनाउन लागेको मेयर कक्षपतिले समाचारपत्रलाई जानकारी दिए। दीर्घकालीन रणनीति बनाएर खेतीयोग्य जमिन संरक्षण गरिनुपर्ने सरोकारवालाको सुझाव छ

कटान उस्तै

खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्से्नि मास्दै गएको छ । नदी किनारका बस्ती समेत उच्च जोखिममा छन । खोलाले उत्तरपूर्वी प्यूठानको ठूलावेसीदेखि बरौलासम्मको खेत कटानको चपेटामा पर्ने गरेका हुन ।अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्से्नि कटानको चपेटामा पर्छन ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवार मार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानिय बताउंछन् । ‘गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो। सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सीधै खोलामा फाल्दा नदीको बहाव परिवर्तन हुन सक्ने स्थानीयको अड्कल छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वर भूमि झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने बाली संरक्षण अधिकृत बिष्ट्रले बताए। उता प्युठान नगरपालिकाले झिमरुक फांटको खेतीयोग्य जमिन संरक्षणका लागि ५ बर्ष रणनितिक योजना अघि सारेको बताएको छ । हाम्रो लागि नदि कटान मुख्य समस्या हो। श्रोत भन्छ गौरवको योजना भित्र राखेका छौ। काम हुदै छ। १८० मिटर जति डिपिआर गरिएको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्