सरकारको ज्यादतीः काठमाडौंका लागि उडेको हेलिकोप्टर सुर्खेत पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

चिकित्सा शिक्षाको सुधार र आम जनताको स्वास्थ्य सेवाको सुनिश्चितता संविधानमा उल्लेख भए अनुरुपनै कानूनी व्यवस्थाको माग गर्दै २० दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले डर र धम्की दिएर अपहरणको शैलीमा जुम्लाबाट सेनाको हेलिकप्टरमा काठमाडौका लागि भनेर लिएर हिडेको छ ।

यता डा.केसीलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिखित रुपमै रिफर गरेको छ । तर डा.केसीलाई कहाँ लगे र कहाँ राख्छन् भन्ने बिषयमा चिकित्सकहरु समेत अन्योलमा छन् ।

त्रिवि शिक्षण अस्पतालले भने डा.केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट ल्याउने तयारीका लागि एम्बुलेन्स लिएर गएको अस्पताल स्रोतले जनाएको छ । उत्ता नेपाली सेनाको सैनिक अस्पतालमा लैजानका लागि सरकारी संयन्त्रहरुले सुजाईरहेको बुझिएको छ ।

गोली चलाउने धम्की दिएर १० मिनेट भित्र आत्मसमपर्ण गर भन्दै अपहरणको शैलीमा जुम्ली जनताको काखबाट खोसेर सरकारले काठमाडौका लागि ३ बजेर ३० मिनेटमा जुम्लाबाट हेलिकप्टर उडाएको थियो । सरकारले तोेकेका वार्ता टोलीका सदस्यहरु समेत मोबाइल रिसिभ नगरी बसेका छन् । काठमाडांैका लागि भनेर उडेको हेलिकोप्टर सुर्खेत पुगेको छ ।

३ बजेर ३५ मिनेटमा सुर्खेत पुगेको हेलिकप्टर १ घण्टा ४५ मिनेटमा काठमाडौ पुग्ने अनुमान डा.केसीको साथमा रहेका एक चिकित्सकले जनाएका छन् ।

त्रि.वि.शिक्षण अस्पताल या आर्मी अस्पताल कुनमा लान्छन एकिन छैन । डा.केसीको साथमा आर्मी अस्पतालका मेडिकल डा.राजीव कुमार देव रहनुभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्