जुम्लाबाट डा. केसीलाई काठमाडौं ल्याइयो



नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारको जर्बजस्ती र प्रहरी दमनपछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।
अनसनस्थलमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै डा.केसीका समर्थकलाई घाइते बनाएपछि उनी काठमाडौं जान तयार भएका हुन ।

‘सरकार हिंसामा उत्रियो। प्रहरीले विद्यार्थीलाई समेत लाठी हानेको छ। अश्रुग्यास हानेको छ’, डा।केसीले भने, ‘यो हेर्न सक्दिनँ म काठमाडौं जान तयार छु।’ त्यहाँ पत्रकार सम्मेलन गरेर उनीलाई काठमाडौं ल्याइएको हो । उनलाई त्यहाँका स्थानीयबासी र जुम्ली आमसमुहले फुलमालासहति बिदाई गरेका छन् ।

प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्