प्रतिनिधिसभामा कांग्रेस सांसदहरुको अवरोध कायमै



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले बिहिबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । प्रतिपक्ष सांसदहरुको अवरोधको कारण बैठक स्थगित भएको छ ।

बैठकको शुरुमै कांग्रेस सांसदहरुले चिकित्सा शिक्षा विधेयक हुबहु कार्यान्वयन हुनुपर्ने माग गर्दै अवरोध गरे । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई आ आफ्नो कुर्सीमा बस्न पटक पटक आग्रह गर्नुभएको थियो ।

बारम्बारको आग्रहपछि पनि प्रतिपक्ष सांसदहरुले अवरोध गरिरहेपछि सभामुख महराले बैठक स्थगित गर्नुभएको हो ।  प्रतिनिधिसभाको अर्को बैठक साउन ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

नेपाली कांगेसका सांसदहरुले डा के.सीले उठाएको माग हुबहु कार्यान्वयन हुनुपर्ने माग राखेर प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्