झडपमा प्रहरीको गोली प्रहरीलाई नै लाग्यो



नेपाल समाचारपत्र, काठमाडौँ ।
जुम्ला  अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज र गोली प्रयोग गरेको छ । प्रहरीको गोली लागेर अर्का प्रहरी घाइते भएका छन् ।

उनको छातीमा गोली लागेको छ ।गोली लागेर घाइते प्रहरीको जुम्लामै उपचार भइरहेको छ ।प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्।

समाचार स‌ंकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्