डा. केसी लिन गएको मुख्यमन्त्री टोली रित्तै फर्कियो



काठमाडौं । स्वास्थ्य शिक्षामा व्यापक सुधारको माग राखेर जुम्लामा २० दिनदेखि आमरण अनसनमा बस्दै आएका डा. गोविन्द्र केसीलाई लिन गएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर बहादुर शाहीको टोली अस्पतालभित्र छिर्न नसकेपछि फर्किएको छ ।

आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई बिहीबार सरकारले प्रहरी लगाएर उपचारका लागि भन्दै काठमाडौं ल्याउने तयारी गरेपछि जुम्लाका स्थानीयबासीले त्यसको कडा विरोध गरेका छन् । विरोधपछि मुख्यमन्त्री शाहीको टोली रित्तै फर्केको हो ।

कर्णाली प्रदेशका कानुनमन्त्री नरेश भण्डारीलाई साथैमा लिएर पुगेको मुख्यमन्त्री शाहीसहितको टोलीलाई कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै छिर्न नदिई प्रदर्शन भएपछि टोली फर्केर जुम्ला बजारमा रहेको कान्जिरोवा होटलमा बसिरहेका छन् ।

अस्पतालभित्र विद्यार्थीहरुले प्रदर्शन गरेका थिए भने बाहिर स्थानीयवासीले नाराबाजी गरेर गरेपछि जुम्ला सदरमुकाम तनावग्रस्त बनेको छ । स्थितिलाई भड्किन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्