गाउँदा गाउँदै लुगा खसेपछि…



अमेरिकन गायिका ब्रिट्नी स्पेयर्स हालै पिस अफ मी नामक कन्सर्टका क्रममा वारड्रोब मालफङ्सनको शिकार भएकी छिन्।

जब उनी स्टेजमा आफ्नो टिमका साथ डु समथिङ बोलको गीतमा प्रस्तुति दिइरहेकी थिइन्, उनको शरीरको माथिल्लो भागमा लगाएको कपडा केही तल खस्यो र शरीरको केही भाग देखिन पुग्यो। ब्रिट्नी भने त्यसको २ मिनेटसम्म पनि आफ्नो प्रस्तुतिलाई निरन्तरता दिई नै रहेकी थिइन्।

किनभने उनलाई आफ्नो कपडा खसेको महसुस नै भएको थिएन। जब थाहा पाइन्, उनले आफ्नो लुगा सही ठाउँमा ल्याएर मिलाइन्। सेलिब्रेटीले यस्तो पलको सामना गर्नुपरेको यो मात्रै पहिलो घटना भने होइन। यसभन्दा पहिले पनि यस्ता धेरै घटना बाहिर आइसकेका छन्। सन् २०१५ मा लस भेगासमा आयोजित एक कार्यक्रममा पनि ब्रिट्नी मालफङ्सनको शिकार भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्