सुस्मिन मिस मकवानपुर



हेटौंडा,(नेस)। हेटौंडामा भएको पहिलो संस्करणको मिस मकवानपुरको उपाधि हेटौंडाकी सुस्मिन श्रेष्ठले जितेकी छन्। श्रेष्ठले मिस पङ्चुअल र मिस बेस्ट फिगरको उपाधिसमेत जितिन्। मुख्य उपाधि जितेबापत उनले स्कुटी, टुर प्याकेज र उपहार प्राप्त गरेकी छन्।

प्रतियोगितामा फस्ट रनर्सअप सेविका लामाले टुर प्याकेज र उपहार जितिन्। उनले मिस फोटोजेनिक र मिस स्माइल उपाधि पनि पाइन्। सेकेन्ड रनर्सअप घोषित रमनी पराजुलीले टुर प्याकेज, भ्युअर्स च्वाइस उपाधि, मोबाइल र अन्य उपहार पाइन्।

उनी त्रिविद्वारा लिइएको बीबीएम सातौं सेमेस्टरमा नेपाल तेस्रो भएकी विद्यार्थी हुन्। प्रतियोगितामा सेरन श्रेष्ठले मिस पर्सनालिटी र मिस बेस्ट पफर्मेन्स, नेन्सी भट्टराईले मिस बेस्ट ड्रेस र मिस बेस्ट डान्स, सनिता बलले मिस पपुलर र मिस इनर्जेटिक, रोजिना उपाध्यायले मिस डिसिप्लिन र प्राप्ति ढाेंडारीले मिस ट्यालेन्टको उपाधि जितेका छन्। मिस युनिभर्स नेपाल–२०१६ वर्षा लेखी, चन्द्रपुर जेसिज संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ र हेटौंडा लेडी जेसिज–२०१२ अध्यक्ष रश्मी बस्नेतको निर्णायक टोलीले विजयीको टुंगो लगाएको हो।

प्रतियोगिता द स्पार्किल्सिज प्रालिले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्