चर्चा र शंका



डेढ दुई महिना भन्दा बढी समय विश्व फुटवलमय बन्यो, महाकुम्भका कारण जताततै खेलाडी र जर्सीको चर्चा छायो । त्यो मामिलामा नेपाल निकै अब्बल देखियो, सहर बजारमा जर्सीको व्यापार उच्च भयो । फुटवल समापन भएसँगै जर्सीको चर्चा सेलाएको छ ।

तर सहरमा चर्चा मार्सीको छ, केसीको छ, इन्टरनेटमा अन्तशुल्कको चर्चा झनै बेसी छ । मार्सी अर्थात् मार्सी चामल । यो चामलको विजनेस ह्वात्तै बढ्या छ, कम्रेड ओली र प्रचण्डले मार्सी चामलको विज्ञापनमा मोडलिङ गरेपछि मार्केट नबढ्ने कुरै भएन । मार्सी चिकित्सा क्षेत्रको घुस हो, त्यसमा मोडलिङ गर्नेपात्रहरु उपयुक्त भएनन् भन्दै खुलेर विरोध गर्ने डा केसी झनै चर्चामा छन् । मार्सीको उद्गम थलो (जुम्ला)मा उनी आमरण अनसनमा छन् ।

अनि चर्चाको अर्को विषय हो, सरकारले बढाएको इन्टरनेट अन्तशुल्क । सरकार ‘मुखमा राम राम बगलीमा छुरा’ शैलीमा प्रस्तुत भएसी चर्चा नहुने कुरै भएन । गत चुनावताका ‘फ्री वाईफाई’, ‘फ्री इन्टरनेट’को नारा अघि सा¥या तत्कालिन बाम गठबन्धन अहिले सरकारमा छ । तर विगतको प्रतिवद्धता चटक्कै बिर्सिएर इन्टरनेट शुल्क बढाइएको छ ।

त्यसैले कम्रेड ओलीको बोली, प्रचण्डसँगको उनको दोस्ती निकै शंकास्पद बन्न थाल्या छ । स्वयं नेकपाका कार्यकर्ता दुवै कम्रेड अनि अन्य शीर्ष नेताहरुसँग सम्बन्ध खै के खै के भन्न थाल्या देख्दा धरहरा निकै छक्क प¥या छ ।

प्रतिक्रिया दिनुहोस्