अमेरिका: थप १२ चन्द्रमा



लसएन्जलस (एजेन्सी)
वैज्ञानिकहरुले हाम्रो सौर्य प्रणालीको भिमकाय ग्रह बृहस्पतीको थप १२ वटा चन्द्रमा पत्ता लगाएको घोषणा गरेका छन् । यसले बृहस्पती ग्रहका चन्द्रमाको संख्या ७९ पुगेको छ । सौर्य मण्डलमा भएका कुनै पनि ग्रहका चन्द्रमाको संख्याकोे तुलनामा यो सबैभन्दा धेरै हो । ती चन्द्रमाहरु यमभन्दा टाढा रहेको विश्वास गरिएको विशाल ग्रह प्लानेट एक्सको खोजीका क्रममा फेला परेका हुन् ।

ती आबाशिय पिण्ड बृहस्पतीकै वरपर परिक्रममा गरिरहेको हो भन्ने निश्चित गर्न करिब १ बर्ष लागेको थियो । ती मध्य एउटा १ किलोमिटर मात्रै फराकिलो भएको र यो बृहस्पतीको सबैभन्दा सानो चन्द्रमा भएको वैज्ञानिकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्