चीन: अनुमतिपत्र रद्ध



बेइजिंग,(एजेन्सी)
चीन सरकारले ककपिट भित्रै इ –सिगरेट पिउनुको कारण गत साता विमानलाई एक्कासी आपतकालिन अवतरण गर्नुपरेको घटनालाई लिएर बुधवार एयर चाइनाका दुईजना पायलटको उडान अनुमतिपत्र रद्ध गरेको छ । अचानक क्याविनको वायुको चाप घटेपछि हंगकंगबाट दालियना शहर तर्फ उडिरहेको सो यात्रुवाहक विमान ६ हजार ५ सय मिटरभन्दा बढि तल झरेको थियो ।

अनुसन्धानकर्ताहरुले एकजना को पायलटले इ–सिगरेट पिएकै कारण उक्त दुर्घटना भएको बताएक छन् । नागरिक उडयन निकायले कारवाही स्वरुप एयर चाइनाको उडान १० प्रतिशतले कटौति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्