उपत्यकाका एकीकृत फोहरमैला व्यवस्थापन परियोजना स्वीकृत



नेपाल समाचारपत्र, काठमाडौं
लगानी बोर्डको ३१ औं बोर्ड बैठकबाट उपत्यकाका एकीकृत फोहरमैला व्यवस्थापन परियोजना अन्तर्गत पहिलो प्याकेजको कार्यान्वयनको लागि विकासकर्ता कम्पनी नेपवेस्ट कम्पनी प्राईभेट लिमिेटेडसँग वार्ता सम्पन्न भई तयार भएको परियोजना विकास सम्झौता लाई स्वीकृत गरेको छ ।

यस प्याकेजअन्तर्गत काठमाडौं महानगरपालिकालगायत दक्ष्ँिककाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढा निलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा तथा शंकरापुर गरी १० वटा नगरपालिका समेटिएका छन् ।

साथै पश्चिम सेती आयोजनाको शिघ्र कार्यान्वयनका लागि लगानी बोर्डको कार्यालयलाई अर्थ मन्त्रालय र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसँग समन्वय गरि परियोजनाका सम्बन्धमा विकासकर्ता चाईना थ्री गोर्जेज ईन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) सँग छलफल गरी दुई महिना भित्र निश्कर्षमा पुग्न निर्देशन गरेको छ ।

बैठकले नेपालमा सौर्य उर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड मेनेजमेन्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशीक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । साथै लगानी बोर्ड ऐन, २०६८ लाई समयसापेक्ष बनाउन लगानी बोर्डको कार्यालयले तयार पारेको संशोधन प्रस्तावलाई परिमार्जन गरि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सम्बन्धित निकायका प्रतिनिधिहरु रहने गरी कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

बैंठकमा लगानी बोर्डका अध्यक्ष्ँ तथा प्रधानमन्त्री केपी शर्मा ओली, बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा. युवराज खतिवडा, बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सदश्य, प्रदेश नंम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल, बोर्डमा प्रतिनिधित्व गर्ने सदश्यहरुका साथै सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्