आत्महत्या गर्नेको संख्या डरलाग्दो



यमलाल भुसाल, बुटवल
प्रदेश नम्बर ५ को राजधानी बुटवल र त्यसको आसपासमा भुण्डीएर आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हुदै गएको छ ।

एका तर्फ भुण्डीएर आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हुदै गएको छ भने विष सेवनवाट मृत्यु हुनेको संख्यामा पनि खासै कमी आउन सकेको छैन ।

यस क्षेत्रको तथ्याङकलाई मध्य नजर गर्दा आर्थिक वर्ष २०७४ । ०७५मा भुण्डीएर र विष सेवनवाट ९२ जनाले आत्म हत्या गरेका छन ।

ईलाका प्रहरी कार्यालय बुटवलले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएकोमा आत्महत्या गर्नेको संख्या बृद्धि हुनुमा गरीवी, जनचेतनाको कमी र बढदो शहरीकरण प्रमुख रहेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले बताउनु भयो । प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२ ।०७३ मा भुण्डीएर ४५, विष सेवनवाट ३७ जनाले आत्म हत्या गरेका छन ।

त्यसै गरी आर्थिक वर्ष २०७३। ०७४मा भुण्डीएर ५९ जना र विष सेवनवाट २६ जनाले आत्म हत्या गरेको प्रहरीले जनाएको छ । रुपन्देही जिल्ला लागू औषधका लागि पनि अग्रणी जिल्लाका रुपमा परिचित भएको छ । खुल्ला सीमाको यस जिल्लाका संगै पोखरा, काठमाण्डौ, चितवन, लगाएतका स्थानका युवा युवतीले राम्रैसंग उपयोग गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङकले प्रष्ट पारेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष २०७२ । ०७३मा लागुऔषधमा ४४ , ०७३। ०७४मा ७४ र आर्थिक वर्ष ०७४ ।०७५ मा ८४ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।

यो तथ्याङकलाई हेर्दा हरेक वर्ष बढदै गएकाले लागु औषध नियन्त्रणका लागी प्रहरीको एकल प्रयासले मात्र संभव नभई नागरिक समाज र अभिभावकको सहयोग अपरिहार्य रहेको प्रहरीको निष्र्कष छ । बुटवल र वरपरको क्षेत्रमा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका घटना पनि हरेक वर्ष बद्धि हुदै गएका छन ।

आर्थिक वर्ष २०७२ । ०७३ मा जवरजस्ती करणीमा ११ जवरजस्ती करणी उद्योगमा ७ जनालाई मुद्दा चलाईएकोमा आर्थिक वर्ष २०७३ । ०७४मा जवरजस्ती करणीमा १५ जवरजस्ती करणी उद्योगमा १७ जनालाई मुद्दा चलाईएको प्रहरीले जनाएको छ । त्यसै गरी आर्थिक वर्ष०७४ ।०७५ मा जवरजस्ती करणीमा १५ र जवरजस्ती करणी उद्योगमा १३ जनालाई मुद्दा चलाईएको प्रनाउ मल्लले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७४ ।०७५मा कुल ६ सय ३० वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएकोमा ३ सय ८६ वटाको फैसला भैसकेको र २ सय ४४ वटा प्रकृयामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्