स्काभेटरले खनेको बाटो पहिरोको उच्च जोखिममा



दयाराम पण्डित, बाजुरा
बाजुराका अधिकांश ग्रामिण सडक खण्ड निर्माणमा वातावरणीय प्रमभाव मूल्यांकन नै नगरी सडक निर्माण भइरहेका छन् । वतावरणीय असर प्रभावको कुनै प्रवाह नगरी पछिल्लो समयमा स्काभेटर प्रयोग गर्नाले सडक तथा गाउँवस्ती जोखिममा परेका छन् । अन्धाधुन्द डोजर प्रयोग गरी निर्माण गरीएका सडक बर्खायाम शुरु भएसंगै भत्किन थालेका छन ।

जिल्लाका नौवटै स्थानियतहले सडक सञ्जालमा जोडिनका लागि डोजर तथा स्काभेटरहरुको प्रयोग गरी बाटो निमार्ण गरिरहेका छन । विनाअध्ययन निमार्ण गरिएका यस्ता बाटोहरु भत्किनथाले पछि पहिरोको समेत जोखिम बढेको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा कर्णाली रोजगार कार्यक्रम द्धारा बनाईको सडक ठाँउ ठाँउमा भत्कीएको स्वामीकार्तिक गाउँपालिका तीनका वडाध्यक्ष विरजित कट्टेलले बताउनु भयो ।

बाजुराको जिल्ला सदरमुकाम देखि ४३ किलोमिटर कोल्टी सम्मको कच्चीबाटोमा समेत गाडी भने चल्दैनन । हिउदका केहि महिना गाडी चल्छन । बाटो स्तरोन्नती गर्नुको साटो नयाँ ठाउँमा ट्याक खोल्नका लागि बजेट छुट्याउने र डोेजरको प्रयोग गर्ने गरिएको छ ।

बाजुरामा कर्णाली करिडोरले समेत छोएकाले बाजुराका स्थानियतहले ठुलो बजेट सडक निमार्ण लगाएका समेत बताउदै आएका छन तर गाडी भने चलि सकेका छैनन । सडक सञ्जालमा जोडिन हतार गरेर सडकमा पैसा खर्च गरिरहेका स्थानियतहले करोडौं रुपैया सडकमा लगाएर बजेटको सदुपयोग नभएको स्थानइिको गुनासो छ । तर, स्थानियतहले किलोमिटरौ सडक बनाइ सकेका छन । जहाँ गाडी भने चल्ने समभावना एकदमै न्युन छ ।

स्थानिय ब्यक्तिको पयोग गरेर पनि उक्त सडक वनाउन सकिन्थ्यो । उनीहरुको रोजी रोटीमा समेत सहज हुन्थ्यो तर जिल्लाका स्थानिय तहले डोजरको प्रयोग गरी निमार्ण गरिरहेकाले यसबाट मजदुरहरु मारमा परेको समेत बताइदै आइएको छ । नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला इन्चार्ज भुपेन्द्र विक एन्डीजले स्थानियतहहरुले डोजरको प्रयोग गरेर जनतालाई काम गरेर खाने अवसरबाट बन्चीत गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्