कृषि बागवानीका अधिकृतलाई कालोमोसो



डोटी, (नेस)
नेत्र बिक्रम चन्द ‘बिप्लब’ले नेतृत्व गरेको नेपाल कम्युन्टिपार्टि नेकपाले डोटीको शिखर नगरपालिकाको कृषि ईकाई कार्यालयमा कार्यरत बागवानी बिकास अधिकृत कृष्णदत्त पाण्डेलाई कालोमोसो दलेका छन् । सो पार्टिको जिल्ला जनपरिषद डोटीले बागवानी बिकास अधिकृत पाण्डेले बिभिन्न ७ वटा योजनामा भ्रष्टाचार गरेकोले आफुहरुले कार्वाहि गरेको बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जिल्ला जनपरिषद डोटी द्धारा प्रकासित गरिएको बिज्ञप्तिमा बावगानी बिकास अधिकृत पाण्डेले मिक्स बिउ तरकारी ७५ हजारको खरिद गरेको तर बिल भर्पाई ३ लाखको बनाएको, भटमास र युरिया १ लाखबराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको । कृषि समामग्री बितरण गर्दा कृषकलाई नाममा हस्ताक्षर गराएको तर पाउनुपर्ने कती भनी जानकारी नगराएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी किसानलाई अनुदानमा दिनु पर्ने बिउ बिजन पनि आधा मुल्यमा बितरण गरेको, बितरण प्रक्रियामा एकलौटी तरीकाले निजिकरण जस्तो गर्ने गरी काम गरेको, १ करोड २० लाख रकम कार्यालयमा आएको तर त्यो बराबरको काम नगरी जम्मा ३०÷३५ लाखको मात्र काम गरी अन्य रकम हिनामिना गरेको तथा बिभिन्न प्रयोजनामा आर्थिक भ्रष्टाचार गरेकाले कारबाही गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्