बुधबार पनि नेप्से ओरालो



काठमाडौं (नेस)
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक निरन्तर ओरालो लाग्ने क्रममा छ । बुधबार ५ दशमलव ५४ अंकले घटेर शेयर बजार १ हजार १ सय ९८ दशलमव ७७ अंकमा कायम भएको छ ।
बुधबार दिनभरिमा १ सय ३९ वटा कम्पनीको ४ लाख ७७ हजार ६ सय ८७ कित्ता शेयर २ हजार ३ सय ५ पटक खरिदबिक्री हुँदा १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपियाँ बराबरको मात्रै कारोबार भएको छ ।

बुधबार वित्त समुह बाहेक अन्य सबै समुहको उपसुचक घटेको छ । वित्त समुहको परिसुचक शुन्य दशमलव ७६ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको उपसुचक ६७ दशमलव ६५ अंकले घटेको छ ।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीको उपसुचक ६१ दशमलव ६१ अंकले घटेको छ । बैंकिङ समुहको उपसुचक २ दशमलव ४७ अंकले, व्यापार समुहको उपसुचक २ दशमलव ४७ अंकले, विकास बैंक समुहको उपसुचक ९ दशमलव ७२ अंकले, जलविद्युत् समुहको उपसुचक १४ दशमलव ४१ अंकले, उत्पादनमँलक समुहको उपसुचक २ दशमलव शुन्य ४ अंकले, अन्य समुहको उपसुचक १ दशमलव ३८ अंकले, र लघुवित्त समुहको उपसुचक १५ दशमलव ९२ अंकले घटेको छ ।

बुधबार सबैभन्दा धेरै नविल बैंकको २ करोड ५६ लाख ८४ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ । जम्मा २८ वटा कम्पनीका शेयरधनीले कमाउँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने नयाँ नेपाल लघुवित्तका शेयरधनीले प्रतिकित्ता ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्