द्वन्द्वपीडितलाई आएकोे साढे २ करोड मात्रै वितरण



नेपाल समाचारपत्र, नुवाकोट
देशमा चलेको दशवर्षे शशस्त्र युद्धमा पिडित भएकाहरुको लागि नुवाकोट आएको ५ करोड रुपैयाँमध्ये साढे २ करोड मात्रै वितरण भएको छ ।

जिल्ला प्रशाशन कार्यलय नुवाकोटका अनुसारआएको ५ करोडमध्ये हाधा रकम मात्र वितरण भएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोटले शशस्त्र युद्धमा प्रभावितहरुलाई सुचना प्रकाशन गरि राहात रकम लिन आह्वान गरेको थियो । तर समयमा दन्द्धपिडितहरले विवरण नदिँदा आधा रकम फ्रिज भएको हो ।

गत आर्थिक वर्ष २०७४÷७५ मा नुवाकोट प्रशासनले द्धन्द्धप्रभाबितको लागि रकम बाड्ने बताएको थियो । नागरिकहरु राहत रकम उपलब्ध गराउदै आएको थियो । गएको आर्थिक बर्षमा छुटेका द्धन्द्ध प्रभाबित नागरिकह्रुलाई यस बर्ष रकम उपलब्ध गराईएको हो । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी १ हजार ५१ व्यक्ति तथा परिवारको लागि २ करोड ८८ लाख रुपैयाँ ७५ हजार रुपैयाँ बैँक मार्फत वितरण गरेको पिंशासकिय अहधिकृत नन्दलाल शर्माले बताए ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुपमा रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटमा प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताए ।

आर्थिक बर्ष २०७३÷७४ मा निर्माण भएको कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा सर्वसाधारण मृतक १३ जनालाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराईएको हो । यस अघि मृतकको परिवारलाई उपलब्ध गराईएको रकममा अन्तिम किस्ताको १ लाख ५० हजार थप गरी दश लाख पु¥याइएको छ ।

यस्तै, बेपत्ता भएका ९७९ जनाको परिवारको लागि यसअघि उपलब्ध गराईएको रकममा थप २५ हजार उपलब्ध गराईएको छ । द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परेको भनी पहिचान भएका ५८ जना र विस्थापित जीवन विताउन बाध्य ९७९ जनाको लागि २५÷२५ हजार राहत रकम बैंकमार्फत वितरण गरिएको हो ।

कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडित वितरण गर्ने ४ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भए पनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने भएकाले सबै पीडित समेट्न नसकेको प्रजिअ उद्धबबहादुर थापाले बताए । द्वन्द्वपीडितको पहिचान नहँुदा वितरणको लागि आएको १ करोड ६१ लाख २५ हजार रुपैयाँ बजेट फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्