आईक्यानद्वारा सिटिजन्स पुरस्कृत



काडमाडौं (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई द ईन्सिच्युट अफर चार्टड अकाउन्टेन्टस् अफ् नेपाल (आईक्यान) द्वारा आयोजित कार्यक्रममा ‘वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (बीपीए) २०१७’ बाटपुरस्कृत गरिएको छ ।

यो पुरस्कार आईक्यानद्वारा आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उद्देश्य,जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणी तथा अन्य सुचकका आधारमा मुल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार हो ।

यस अगावै पनि बैंकको वार्षिक प्रतिवेदनलाई ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१५’, साउथ एसियन फेडेरेसन अफ् अकाउन्टेन्टस् (साफा) द्वारा बंगलादेशमा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१५’ समारोहमा बैंकले ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स’, र ‘प्राईभेट सेक्टर बैंक (सहकारीसहित) ‘सर्टिफिकेट अफ् मेरिट्’ प्राप्त गरेको थियो। बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्गसेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्