अख्तियारद्वारा एक कर्मचारी पक्राउ



धनगढी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई रु २५ हजार रकम लिँदै गरेको अवस्थामा आज पक्राउ गरेको छ ।

कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाईको कार्यालयमा सेवाग्राहीबाट रु २५ हजार रकम लिँदै गर्दा यादवलाई पक्राउ गरिएको आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो ।

ढकालका अनुसार यादवलाई भोलि काठमाडौँ पठाइने छ ।
रास

प्रतिक्रिया दिनुहोस्