रोकियो दोदाको पुल निर्माण स्थानिय मार्कामा



हरकसिह धामी, कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको लालझाडी गाउपालिकामा २ स्थित दोदा नदिमा ४ बर्ष पहिला निमार्ण शुरु भएको मोटरेबल पुल बन्न नसक्दा लालझाडीका बासिन्दा निक्कै मार्कामा परेका छन् । पुल निर्माण गर्ने ठेकेदार कम्पनिले काम सुस्त गर्दै आएकोमा एक बर्ष देखि भने निर्माण काम नै गर्न छोडेको छ ।

लालझाडीका बासिन्दाहरुको जिल्ला समदरमुकाम देखि बेलौरी र धनगढी जाने मुख्य मार्गको रुपमा यहि बाटो रहेको छ । पुल नबन्दा बिरामी ओसार्न एम्बु

लेन्स समेत संचालन हुन नसकेका कारण बिरामीहरुले डल्लब र ठेलागाढाको सहायता लिनुपर्ने बाध्यता रहिआएको छ । निर्माण कार्य सम्पन्न हुन ६ महिना मात्र बाकी रहेका बेला शर्मा थेगिन नागार्जुन जेभीले भने पुलको जग, पिलर समेत तयार गरेको छैन ।

सडक डिभिजन कार्यालयबाट भने यसले ९ करोड रुपैया भुक्तानी लिइसकेको छ । २६ करोड ७१ लखको लागतमा निर्माण भैरहेको लालझाडी गाउपालिका र बेलौरी

नगरपालिकालाइ जोडने उक्त पुलको ठेक्का सम्झौता २०७२ साल पुष २७ गते भएको थियो । ठेकेदार कम्पनिले हाल सम्म ठेक्का सम्झौताको साइन बोर्ड समेत लगाएको छैन । पुल निर्माण कार्य बन्दभएकोले आफुहरुलाइ दुखि तुल्याएको भन्दै यसले जनतालाइ ठुलो धोखा भएको र काम नगर्ने ठेकेदारलाइ हर्दै सम्मको कार्वाही हुनुपर्ने स्थानिय बासिन्दाको भनाई रहेको छ ।

सरकारले कार्वाएही नगरे जनस्तरबाट जनकार्वाही गर्न आफुहरु पछि नपर्ने उहाहरुको भनाई रहेको छ । लालझाडी गाउपालिकाका अध्यक्ष मदन सेन बडायकले पुलकै कारण जनताले ठूलो सास्ती भोग्नुपरेको भन्दै एक बर्षदेखि काम नगरेकाले ठेकेदारलाई सरकारले कार्वाही गर्नुपर्ने बताउनुभएको छ ।

जनताको पैसा खाएर निर्माण नगर्नु एक किसिमको अपराध भएको भन्दै यस्ता व्यक्तिहरुलाई जन सतरबाटै कार्वाही हुनुपर्ने उहाको भनाइ रहेको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख लक्ष्मी दत्त भट्टले पटक पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेका कारण पत्रिका मार्फत सुचना जारी रहेको भन्दै समयमै काम नगरेको खण्डमा आवश्यक कानुनी कार्वाही गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्