मुक्तकमैया दिवस पहिलो पटक संयुक्त रुपमा मनाईयो



बिष्णु तिमिल्सिना, बर्दिया ।
बिगत १८ बर्ष देखि श्रावण २ गते कमैयाहरु मुक्त भएको दिनलाई यस बर्ष पनि मुक्त कमैया दिवसको रुपमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा १९ औँ मु्क्तकमैया दिवस मनाईएको छ ।

बिगत बर्षहरु भन्दा यस बर्ष फरक ढंगबाट मनाईयो । बिगतबर्षहरुमा मुक्तकमैयाहरु संग काम गर्ने गैरसरकारी संस्थाहरु, त्यस सवाल संग सम्बन्धी जनवर्गीय संगठनहरुले मनाउने गरेकोमा यस बर्ष सरकार र गैरसकारी संस्थाहरुले संयुक्त रुपमा मनाएका छन् । प्रदेश नम्बर ५ भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय जिल्ला समन्वय समिति बर्दिया र भूमि सुधार कार्यालय बर्दिया समेत अन्य २० वटा गैरसरकारी संस्था तथा जनसंगठनहरुले संयुक्त आयोजनामा एकैठाँउमा मनाईएको छ ।

उक्त दिवस समारोहलाई सम्बोधन गर्नु हुदै प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्न हुदै मुक्तकमैया तथा भूमिहीनहरुको समस्या सधैका लागि राखि राख्ने होईन अब यसको अन्त्यका लागि प्रदेश सरकारले योजना बनाई सकेको हुनाले भूमिसम्बन्धी समस्या छिटै अन्त्य हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

मन्त्री पोखरेलले प्रदेश नम्बर ५ लाई आर्थिक बर्षमा कानुन तर्जुमा र आबाधिक योजना बनाउने कार्यलाई पुर्णता दिने बताउदै यस बर्षलाई आधारबर्षको रुपमा लिएको छौँ भन्नु भयो । प्रदेश सरकारले यस क्षेत्रको सडक संजाललाई प्राथमिकतामा राखेको जानकारी गरनउदै यस बर्ष सडक सञ्जालमा नजोडिएका पालिकालाई सदरमुकाम सम्म जोर्ने कार्यक्रम रहेको बताउनु भयो ।

साथै यस बर्ष खेलकुदका बिकासका लागि प्रदेश सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माण गर्ने बताउनु भएको छ । खेलकुद मैदान निर्माणका लागि गाँउपालिकामा ५० लाख, नगरपालिकामा ७५ लाख र उपमहानगरपालिकामा १करोड २५ लाख रुपैयाका दरले रकम बिनियोजन गरेको जानकारी गराउनु भएको छ । प्रत्येक पालिकामा बहुउद्धेशीय सामुदायिक भवन निमार्ण गर्ने, कृषि क्षेत्रलाई धुनिकीकरण गर्नका लागि प्रत्येक पालिकामा नमुना कृषि र्फम सञ्चालन, प्रदेश नम्बर ५ मा १० वटा सितभन्डार निमार्ण गर्ने र प्रत्येक सितभन्डार निर्माणको लागि ५०÷५० करोड बजेट छुत्याएको बताउनु भएको छ । यस्तै भूमिहनहरुको लागि सामुदायिक लक्षित कार्यक्रम सञ्चालन गरेर समुहगत रुपमा जग्गा लिजमा लिने र लिजमा लिएको जग्गाको भाडा प्रदेश सरकारले बिर्होने रहेको मन्त्री पोखरेलले बताउनु भयो । यसैगरी बर्दियाको ठाकुरद्धारामा ओभरल कल्चर डबली स्थापना गर्ने जसका लागि २ करोड बजेट छुट्याएको बताउनु भएको छ ।
सो समारोहमा भूमि ब्यबस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले मुक्तकमैयाहरुको आयआर्जनका लागि लागत सहभागिता कार्यक्रम सरकारले ल्याएको र त्यसबाट लाभाम्बित हुन आह्वान गर्नु भयो ।

समारोहमा प्रदेश नम्बर ५ की उपसभामुख कृष्णी थारुले मुक्तकमैयाहरुको छिटै समस्या समाधान गर्न सरकार सम्बेदन शिल भएको महसुश गरेको कुरा बताउनु भयो । बर्दियाका प्रदेश साँसदहरु, नगरप्रमुख तथा उपप्रमुख बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बर्दिया ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख तथा बर्दिया मुक्तकमैया, सुकुम्बासी तथा भूमिहिनलगाएत हजारौको सभागिता रहेको थियो । समारोहमा बिभिन्न साँस्कृतिक प्रस्तुति पनि गरिएको गरिएको थियो ।
मुक्त कमैया तथा भूमिहीन सुकुम्बासीका पुस्थापना तथा जिवीकोपार्जनसंगको समस्यालाई समाधान गर्न सरकारलाई दबाब दिने उदेश्ले प्रदेश नम्बर ५का मुख्य मन्त्री शंकर पोखरेल ज्ञापान पत्र पनि बुझाईएको छ । उक्त ज्ञापन पत्रलाई बर्दियामा कार्यरत तथा जनसंगठनहरुले ३३ बुँदे संयुक्त ज्ञापन पत्र मुख्य मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको छ ।

२०५७ साल श्रवान २ गते तत्कालिन श्री ५ को सरकारले कमैयाहरुलाई मुक्तिको घोषणा गर्दा बर्दिया जिल्लामा ६ हजार ९ सय ४९ जना कमैयाहरुको रहेकोमा २०५९ सालमा छुट भएकाहरुको संख्या संकलन गर्दा ९ हजार २ सय ४९ जना थएिर कुल १६ हजार १ सय ९८ मुक्त कमैया परिवार पुगेको थियो ।

संकलित नामावली मध्य जिल्ला भूमिसुधार कार्यालयबाट छानबिन गरी जम्मा ११ हजार ८ सय ७५ जना मुक्तकमैयालाई पुनस्थाना गर्ने जिल्ला मुक्तकमैया पुस्थापान समितिले ठहर गरेको थियो । जस मध्य परिचयपत्र दिएका मुक्तकमैयाको संख्या १० हजार ७ सय ९७ रहेको छ । ति मध्य हाल सम्म १० हजार ७ सय १४ जनाको पुनस्थापना भईसकेको र ८३ जना मात्र बाँकी रहेको बर्दिया जिल्ला भूमि सुधार कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्