भाद्र १ देखि नयाँ मुलुकी ऐन लागु हुने



हरकसिंह धामी, कञ्चनपुर ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासलेस आर्थिक बर्षमा २०७४्र÷७५ मा १ हजार ४सय २६ मुद्धा फैसलाभएको उच्च अदालतका दिपायल महेन्द्रनगरका मुख्य

न्यायाधिस डिल्ली राज आचार्यले जानकारी दिनुभएको छ ।

उच्च आदालतको महेन्द्रनगर इजलासमा आज पत्रकारहरुसंग भएको एक अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । आर्थिक बर्षमा २०७४्र÷७५ मा परेका १ हजार ७ सय ७६ मुद्धा मध्ये १ हजार ४सय २६ मुद्धाको फैसला भएको र ३ सय ५० मुद्धा बाकी रहेका छनभने एक बर्ष अबधि नाघेका २ वटा र २ बर्ष भन्दा अबधी

भएको एउटा मुद्धा बाकी रहेको उच्च आदालतले जानकारी गराएको छ । मुलुकी देव्यानी(संहिता) ऐन २०७४ र फौजदारी संहिता २०७४ आएकोले आउने भाद्र १ गते देखि मुलुकी ऐन २०२० खारेज भई नयाँ मुलुकी ऐन लागु हुने न्यायाधिस आचार्यले जानकारी गराउनुभयो ।

उच्चअदालतले गरिब र असहायलाई निशुल्क कानुनी सेवा उपलब्ध गराउने गरेको समेत जानकारी गराएको छ । यस उच्च अदालत दिपायल महेन्द्रनगर मातहत कञ्चनपुर, डडेल्धुरा,बैतडी र दार्चुला जिल्ला अदालत रहेका छन । यस आर्थिक वर्षमा उच्च अदालत दिपायल महेन्द्रनगरले ५०० वटा मध्ये ४१९, जिल्ला अदालत डडेल्धुराले १०५वटा मध्ये ८१, जिल्ला अदालत दार्चुलाले १०६ वटा मध्ये ८० , जिल्ला अदालत बैतडीले ९६ वटा मध्ये ७७ , जिल्ला अदालत कञ्चनपुरले ९६९ वटा मध्ये ७६९ मद्धा फौसला गरेको छ ।

यस आर्थिक वर्षमा उच्च अदालत दिपायल महेन्द्रनगरले सबै भन्दा बढी ८३.८०% मुद्धो फौसला गरेको छ । ११ बर्षमा यस अधि आर्थिक बर्ष २०६७÷६८ मा ८२.७०% मुद्धा फौसला भएको थियो भने आर्थिक बर्ष २०६९÷७० मा सबै भन्दा कम ३३.६० रहेको थियो । ७५% मुद्धा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि लक्ष्य भन्दा बढी मुद्धा फौसला भएको मुख्य न्याधीस आर्चायले बताउनुभयो । ७ नं. प्रदेशको उच्च अदालत दिपायल महेन्द्रनगरले मंसिरबाट वाणिज्य इजलास खडा गरेको छ । ७ नं. प्रदेशका सम्पुर्ण वाणिज्य इजलास (कसुर) उच्च अदालत दिपायल महेन्द्रनगर मात्र हेर्ने पनि जनाउनुभयो ।

माघ महिना १ गते हाल सम्म ४२ मुद्धा मध्ये ३४ मुद्धा फौसला भईसकेको उच्च अदालत दिपायल महेन्द्रनगर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्