सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिने
रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली काग्रेस भित्र सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल वीचको आन्तरीक विवाद मिलेको छ ।
सरकार विरुद्धको गतिविधिमा एकमत भएपनि यी दुई गुट वीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । देउवा र पौडेल गुटवीचको आन्तरीक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।
पौडेल पक्षले मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले भोली उपलब्ध गराउने भएसंगै भोलीनै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ । विधान संशोधन तथा परिमार्जनको लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिएपनि अझै विधान मस्यौदा समिति गठन हुन सकेको थिएन ।
मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसंग सहमति भएपछि विभिन्न केन्द्रिय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । काग्रेस भित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।
पार्टीको आन्तरीक विषयका साथै सरकार विरुद्ध काग्रेसले चालेको आन्दोलनको विषयमा छलफल गर्न सभपाति देउवाले आज वरिष्ठ नेता रामचन्द्र पौडेल संग छलफल गनुृभएको थियो ।
देउवा निवास वुढानिलकण्ठमा भएको छलफलमा दुवै पक्षका शीर्ष नेताहरुको पनि सहभागिता रहेको थियो । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामाले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार सरकार विरुद्ध सदन र सडकमा प्रभावकारी भुमिका निभाउने विषयमा दुवै नेता पहिले नै सहमत भएपनि विधान मस्यौदा समिति गठन गर्ने लगाएत आन्तरीक विषयमा मत भिन्नता थियो ।
आजको छलफल पछि वरिष्ठ नेता पौडेलले विधान मस्यौदा समितिको लागि भोली विहिवार नाम उपलब्ध गराउने सहमति भएको भन्दै प्रवक्ता पौडेलले भोलीनै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको बताउनु भएको छ ।
डा. गोविन्द केसिको माग पुरा गर्नु पर्ने लगाएत अन्य आन्दोलनका विषयमा दुई नेता वीच विमति नरहेको भन्दै सहमहामन्त्री डा. प्रकाश सरण महतले पनि पार्टीको आन्तरीक विषयमा विधान मस्यौदा समिति गठनको लागि पौडेल पक्षले भोली नाम उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभएको छ । अब केन्द्रिय विभागहरु पनि छिटै गठन हुने भन्दै उहाले पार्टी प्रभावकारी र शसक्त ढंगले अघि बढ्ने बताउनु भएको छ ।
विधान मस्यौदा समिति ९ देखि ११ जनाको बन्ने भन्दै प्रवक्ता शर्माले पौडेल पक्षको कतिजना नेता समावेश गरिने भन्ने बारेमा आफुलाई थाहा नभएको बताउनु भएको छ । काग्रेस शीर्ष नेताहरुको बैठकले पार्टीको भातृ संगठन नेपाल विद्यार्थि संघको विवादलाई पनि मिलाउन सहमति जनाएका छन् ।
काग्रेसको प्रभावशाली भातृ संगठन भित्र पनि गुटगत विवाद रहेको छ ।
काग्रेसका शीर्ष नेताहरुले आज विहिवार देखि शुरु हुने सडक आन्दोलनमा पार्टीका सबै कार्यकर्ताहरुलाई सहभागिता जनाउन निर्देशन दिने पनि बताएका छन् । काग्रेसले डा. गोविन्द केसीको माग संवोधन नभए संसद चल्न नदिने यस अघिको निर्णयलाई निरन्तरता दिने भएको छ ।