शक्ति गौचनले लिए क्रिकेटबाट सन्यास



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।

नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै छ । शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ ।त्यस लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्