सञ्चालनमा नआउँदै भत्कियो बसपार्क



गुणस्तरिय काम नभएको भए कारवाही हुन्छः नगरपालिका

हरकसिह धामी, कञ्चनपुर ।

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा निर्माण भएको नया बसपार्क संचालनमा नआउदै भत्किन शुरु भएको छ । भीमदत्त नगरपालिकाको १४ करोडको लगानीमा सुबिधा सम्पन्न बसपार्क निर्माणको ठेक्क श्रेष्ठ निर्माण सेवा जेभीले पाएको थियो ।

डेढ बर्ष पहिला शुरु गरेर सम्पन्न भएको भनिएको बसपार्क आज देखि बसपार्कमा गाडीहरु पार्किङ्ग गर्न शुरु गरिएको थियो तर पार्किङ्ग शुरु भएकै दिन कालोपत्रे उप्कीन थालेको छ ।

सितरा कल्सल्टेन्सिका इन्जिनियर पारस खडकाले गर्मीका कारण कालोपत्रे उप्किएको बताउनुभएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट उप प्रमुख सुशिला चन्द सिह इन्जिनियर हिमालय सिह ऐरको टोलीले बसपार्कको निरिक्षण गरेको छ ।

बसपार्कको निरिक्षण गर्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गुणस्तरिय काम गर्ने र समयमै काम दिने काम निर्माण व्यावसायिको भएको भन्दै काम गुणस्तरिय नभए कार्वाही हुने बताउनुभएको छ ।

भीम्दत्त नगनरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले कालोपत्रे राम्ररी सेट नभएको र गर्मीका कारण समेत यसो भएपनि केहि ठाउहरुमा भने कमसल काम भएकै कारण भत्किएको भन्दै यसलाइ पुननिर्माण गरिनुपर्ने बताउनुभएको छ। श्रेष्ठ निर्माण सेवा जेभीले ठेक्का गरेको भए पनि यसको निर्माण गर्ने काम भने जोशी बिल्डर्सले गरेको थियो ।

काम गर्ने क्रममै रहेकोले भत्केका र बिग्रेका काम थप गरिने श्रेष्ठ निर्माण सेवा जेभी का तर्फबाट काम गर्ने जोशी बिल्डर्सका गणेश जोशीले बताउनुभएको छ ।

नगरपालिकालाई हसतान्तरण गर्न बाकी रहेको भन्दै काम बिगार्ने कुनै नियत नरहेको समेत बताउनुभएको छ । यस पुर्ब पनि बसपार्क कालोपत्रे भएकोमा ६ महिनामा नै भत्केर पुरानै अवस्थामा आएको थियो ।

तत्कालिन अवस्थामा समेत जोशी बिल्डर्सले उक्त काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्