बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु



चिरञ्जीवी मास्के, देलखा ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा आज (बुधवार) बोलेरो दुर्घटना हुदा चालक चेतप्रसाद सापकोटाको मृत्यु भएको छ ।

सदरमुकाम चरिकोट तर्फ आउने क्रममा बा १६ च २९५८ नम्बरको बोलेरोको ब्रेकफेल भै दुर्घटना हुदा चालक स्थानिय ५५ बर्षिय चेतप्रसाद सापकोटा गम्भीर घाईते भएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका चेतप्रसादको सदरमुकाम चरिकोट स्थित सामुदायीक असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पेटमा चोट लागेको जनाईएको छ । बोलेरोमा सवार अन्य पाँच जना भने शकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्