बोल्न नसक्ने युवतीलाई करणी गरेको आरोपमा युवा पक्राउ



रामधन राई,खोटाङ ।

खोटाङमा फरक क्षमता भएको युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आवाज नभएको युवतीलाई बलात्कार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३६ वर्षीय तेजबहादुर भट्टराई पक्राउ परेका हुन् ।

स्वयम अवला युवतीको १० बर्षिय भाईले आफ्नो दिदीलाई करणी गरेको देखेपछि घटनाबारे खुलेको प्रहरीले जनाएका छन् ।

असार २७ गते करणी गरेको घटनालाई अनुसन्धान तथा सोधपुछका लागि आरोपित तथा पीडित दुवै पक्षलाई आज (वुधबार) जिल्ला प्रहरी कार्यालय ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालयको प्रमुख डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
अनुसन्धान नगरी घटनाको सत्य तथ्यबारे ठोकुवा गर्न नसकिने डिएसपी थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्