सरकारलाई कांग्रेसको कडा चेतावनी, डा. केसीको माग सम्बोधन नभए संसद चल्नै नदिने



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे संसद चल्नै नदिने निर्णय गरेको छ ।

सरकारविरुद्ध विरोध प्रर्दशन लगायत आन्दोलका कार्यक्रमहरु अगाडी सारेको कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएको छ । कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने चेतावनी विपक्षी दल कांग्रेसले निर्णय गरेको छ ।

सदको बैठक भोलि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्