जापानमा गर्मीका कारण ६ जनाको मृत्यु र हजारौँ मानिस अस्पताल भर्ना



राजबिन थापा जापान ।
बढ्दो तापक्रमको कारण जापानको जनजीवनमा निक्कै प्रभाव परेको छ । जापानका केहि छेत्रहरुमा यस वर्षकै सबै भन्दा धेरै तापक्रम देखिएको छ ।

मौसम विज्ञान एजेन्सीले बताए अनुसार पश्चिम जापानको तजिमी इन गिफु प्रान्त र इबिगावा प्रान्तमा ३९ डिग्री तापक्रम पुगेको छ भने पूर्व र केन्द्रिय क्षेत्रहरुमा भने ३८ डिग्री नागेको छ ।
एजेन्सीको ९२७ निगरानी बिन्दु मध्ये १८६मा ३५ डिग्री र सो भन्दा बढी देखिएको पनि बताएका छन् ।

बढ्दो तापक्रमको कारण २००० जना अस्पताल लागिएको छ भने मंगलबार सम्म ६ जनाको मृत्यु भैसकेको छ । गर्मि अझै केहि समय यस्तै रहने मौसम विज्ञान विभागले आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्