प्रहरीको आँखा अगाडीबाटै चोरी



कुशलबाबस बस्नेत, उदयपुर ।

जिल्ला सदरमुकाम गाईघाटको मुख्य बजारमा रहेको एक मोबाईल पसलमा मंगलबार राती सटर फुटाएर चोरी भएको छ ।
त्रियुगा नगर प्रहरी कार्यालयको सय मिटरको दुरीमा रहेको कस्यप सप्लायर्समा कटरले सटर काटेर चोरी भइको हो ल्यापटप, मोबाईल,क्यामरा रहेको उक्त पसलबाट ४० देखी ५०लाख बराबरको चोरी भएको सप्लायर्सका संचालक कौशल दाहालले बताउनु भयो ।

प्रहरीले भने धेरौ मेल्य पर्ने मोबाईलहरु मात्र चोरले लगेकोले एकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

बुधबार बिहन पसल खेल्न आउदा चोरी भएको थाहापाएपछि प्रहरीलार्य खबर गरेको दाहालले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नबराज भट्टको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले पसलमा जडान गरेको सिसि क्यामराको सहयोगमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

बजारको नीगरानी र शान्ति सुव्यवस्थालाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयले हेर्ने गरी जडान गरिएको सिसि क्यामेरामा नदेखिनु र प्रहरीकै अगाडीबाट चोरी हुनुले प्रहरी सकृयतामा प्रष्न खडाभएको व्यापारीहरुले बताए ।

यता प्रहरी प्रमुख भट्टले बिराटनगर, झापा , दमक लगायतका बिभिन्न स्थानमा चोरी गरिरहेकै समहलेनै उक्त चोरी गरेको हुन सक्ने बताउनु भयो । घटना लगत्तै प्रहरीले जिल्ला सदरमुकाम र आसपासको क्षेत्रमा नगिरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्