तिन महिनामा ८ बालविवाह बदर



सिर्जना पन्त, बागलुङ ।

बागलुङको तमानखोला गाउँपालिकाले पछिल्लो ३ महिनामा ८ वटा बालविवाह बदर छ । ०७५ बैशाख महिनाबाट बालविवाह रोक्न अभियाननै सञ्चालन गरेको गाउँपालिकाले तिन महिनामा ८ वटा बालविवाह बदर सफल भएको हो ।

गाउँपालिकाले घर घरमा बालविवाह विरुद्ध अभियान थालेसंगैं सचेतना स्थानियमा बढन थालेको गाउँपालिका प्रमुख जोकलाल बुढाले बताउँनुभयो । ‘ पहिले पहिले विवाह गरेपछि छुटाउन सक्ने अवस्था थिएन, पछिल्लो समय परिवार र बालवालिकालाई संगैं राखेर परामर्श गर्दा भइसकेको बालविवाह पनि बदर गर्न सफल भएका छौं’ ।

गाउँपालिका प्रमुख बुढाले भन्नुभयो । उहाँका अनुसार तमानखोला गाउँपालिकाको खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा लगाएतका गाउँमा भएका बालविवाह रद्ध गरिएको छ । गाउँपालिकाले १६ देखि १९ वर्ष समुहका बाल बालिकाहरु विचमा भएको वालविवाह रद्ध गरेको बुढाले बताउँनुभयो ।

यस क्षेत्रमा अविभावकको मन्जुरीविना विद्यालय जाने उमेरका बालवालिकाले भागेर विवाह गर्ने बालवालिकाहरु अधिकांश रहेको भन्दैं न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले पछिल्लो समय सुचना पाएसम्म आफुहरुले बालविवाह हुन नदिन र भएको अवस्थामा पनि रद्ध गर्न परामर्श गर्ने गरेको बताउँनुभयो ।

बालविवाह न्यूनिकरणका लागि गाउँपालिकाले डकुमेन्ट्री पनि निर्माण गरेको छ । डकुमेन्ट्रीमा बालविवाह गरेर समस्या झेलिरहेका पुराना पुस्ता, बालविवाहको बारेमा सचेत बनेका विद्यार्थी तथा शिक्षक र यसबाट किशोरीहरुको स्वास्थ्यमा पर्ने नकरात्मक असरको बारेमा स्वास्थ्यकर्मीहरुको परामर्श समेटिएको छ ।

गाउँपालिकामा बालविवाहको मुद्दा आएपछि बालक तथा बालिका र दुवै पक्षका अभिभावकहरुलाई डकुमेन्ट्री देखाएर सचेत गराउने गरिएको उपाध्यक्ष सेरचनले बताउनुभयो । छुट्टिन नमान्ने दुवै पक्षलाई डकुमेन्ट्री देखाइसकेपछि स्वास्थ्यकर्मीहरुसँग बाट पनि परामर्श गराउने गरिएको उहाँको भनाई छ ।

बालविवाह रोक्नको लागि गाउँपालिकाले विद्यालय र गाउँ टोलमा नाटक तयार पारी प्रदर्शन गर्ने गरेको छ । किशोर तथा किशोरीहरुबाट प्रस्तुत गरिएको यस्ता नाटकले अत्यन्तै सकरात्मक प्रभाव पारेको स्थानियको भनाई छ । गाउँपालिकाले बालविवाहको अवस्थालाई शुन्यमा पुर्याउन आगामी आर्थिक बर्षहरुमा पनि निरन्तरता दिने जनाएको छ ।

छिमेकी पालिकाहरुले पनि यो अभियानलाई शुरु गरेको खण्डमा वालविवाह न्यूनिकरणमा थप सहज हुने अध्यक्ष बुढामगरले बताउनुहुन्छ । कानुनले २० बर्षभन्दा तलको विवाहलाई बालविवाह भनेको छ । बालविवाह गर्ने दुइ पक्षमध्ये केटा वा केटी २० बर्ष भन्दा माथि भए ६ महिना जेल सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्