२१ किशोरी मिस टिन प्लस टुमा जुद्धै



प्लस टुमा अध्ययनरत किशोरीहरूका बीचको सौन्दर्य प्रतियोगिता मिस टिन प्लस टु यो वर्ष पनि हुने भएको छ। स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययन गरिरहेका किशोरीको आत्मविश्वास, बौद्धिक र व्यक्तित्व विकासका लागि हरेक वर्षझैं यो वर्ष पनि मिस टिन प्लस टु २०१८ आयोजना गर्न लागेको स्टार वानकी पेजेन्ट निर्देशक पूजा निरौलाले जानकारी गराइन्।

चौथो संस्करणको यो प्रतियोगितामा करिश्मा गुरुङ, चन्द्रिका रावल, इशु लामा, मेरिना सुवेदी, कमला तामाङ, लक्ष्मी सेवा, ऐश्वर्य थापा, शिक्षा आचार्य, सभ्यता भण्डारी, रोशनी श्रेष्ठ, रोजिना गमाल, अन्विशा रावल, दीपिका अधिकारी, सारिका भौकाजी, स्मृति पराजुली, कुसुम क्षत्री, निरू कुचिकार, सदीक्षा सिंह, निमी शाक्य, सुनीता शाही र अर्चना पाठकले अन्तिम स्पर्धा गर्नेछन्। बालकृष्ण पोखरेलको संयोजनमा आगामी साउन १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा रहेका प्रतियोगी किशोरीहरूलाई करिब १ महिना लामो समयसम्म नयाँ बानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञहरूले प्रशिक्षण दिइरहेको पेजेन्ट निर्देशक निरौलाले बताइन्।

प्रतियोगिताको विजयीलाई उच्च शिक्षाको छात्रवृत्ति, टफेल, आईएलटीएस, भाषा प्रशिक्षण, विदेश अध्ययनका लागि विशेष छुट, निःशुल्क एयर होस्टेस तालिमको व्यवस्था गरिएको प्रतियोगिताअन्तर्गत ग्रुमिङ, मास फेसिङ, व्यक्तित्व विकास, जुम्वा, हेल्थ चेकअप, लिडरसिप, एयर होस्टेस ट्रेनिङ गाइड, डान्स कोरियोग्राफी, सेल्फ मेकअप टे«निङ, वृद्ध आश्रम भिजिटलगायतको तालिम र अवसर मिलाइएको निरौलाले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्