कोहलीको विश्व कीर्तिमान



नयाँ दिल्ली, (एजेन्सी)
इंग्ल्यान्डको विरुद्ध तीन खेलको वानडे सिरिजको अन्तिम तथा निर्णायक खेलमा विराट कोहलीले एउटा विश्व कीर्तिमान आफनो नाममा लेखाएका छन् । ३ हजार रन छिटो बनाउने कप्तानको रुपमा उनले कीर्तिमान रचेका हुन् ।

कोहलीले यो उपलब्धि १२ रन बनाएपछि प्राप्त गरेका थिए । कोहलीले ४९ वानडे खेलमा यति रन बनाएका छन् । यो कीर्तिमान तोडिने संभावना ज्यादै न्युन भएको भारतीय मिडियाले दावी गरेको छ। मिडियाले बतायो कि हाल खेलिरहेका कप्तानमा कसैले पनि कम खेलमा तीन हजार रन बनाउन सक्दैनन् ।

कोहलीपछि कप्तानको रुपमा ३ हजार रन बनाउँदा दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ६० खेल, भारतीय कप्तान महेन्द्रसिंह धोनीले ७० खेल र सौरभ गांगुलीले ७४ खेल खेलेका थिए । त्यस्तै स्टीभ वाग र मिस्बाह उल हकले ८३ खेल र सनथ जयसुर्या र रिकी पोन्टिङले ८४ खेलबाट ३ हजार रन पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्