उपाधिमाथि मुनलाइटको कब्जा



वीरगन्ज, (नेस)
जिल्ला फुटबल संघ पर्साको आयोजनामा २९ गतेदेखि वीरगजमा सुरु भएको अन्तर विद्यालय फुटबल प्रतियोगिता मगंलबार सम्पन्न भएको छ । मगंलबार भएको फाइनल खेलमा लिटिल फ्लावरलाइ २–० गोलले हराउँदै मुनलाइट माबि बिजयी भएको हो ।

पहिलो हाफको १८ औ मिनेटमा मुनलाइटका रोहित चौधरीले १ गोल गरेका थिए । दोस्रो हाफको २४ औ मिनेटमा अजय चौधरीले दोस्रो गोल गरेपछि मुनलाइटले जित दर्ता गर्न सफल भएको हो । नारायणी रगशालामा सम्पन्न खेलको उत्कृष्ट खेलाडि मुनलाइटका गोलकिपर रोहन मगर घोषित भए। प्रतियोगितामा ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्