युभेन्टसले जर्सी बेचेरै करोडौं कमायो



रोम, (एजेन्सी)
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट खेलेको पनि छैन अहिले नै उनको जर्सी लोकप्रिय बनिसकेको छ । रोनाल्डोको सीआर सेभेन अंकित जर्सी बेचेर युभेन्टसले रोनाल्डोसँग गरेको सम्झौताको आधा रकम वसुली गरिसकेको छ । रोमको अखबारले जनाएअनुसार रोनाल्डो रियल मेड्रिडबाट करिब १० करोड युरोमा इटालियन क्लबमा आबद्ध भएको छ ।

टुरिनस्थित रहेको क्लब युभेन्टसमा ३३ वर्षीय रोनाल्डो जस्तो ठूला खेलाडी आबद्ध भएपछि समर्थकमा पनि धेरै उत्साह रहेको छ । युभेन्टसले सीआर सेभेन जर्सी आफनो वेबसाइटमा बेच्नका लागि राखेको पहिलो दिनमै ५ लाख २० हजार जर्सी बिकेको थियो । त्यही क्लबको आधिकारिक प्रायोजक एडीडासले आफनो स्टोरमार्फत् २० हजार जर्सी बेचेको थियो ।

इटालियन मिडियाको अनुसार रोनाल्डोको पाँच लाख जर्सी अनलाइनमा किनेको थियो । जबकी गत वर्ष युभेन्टसले आफनो टोलीको कूल ८ लाख ५० हजार जर्सी अनलाइनमा बेचेको थियो । युभेन्टसको ओरिजीनल जर्सीको मूल्य १ सय ४ युरो रहेको छ । यसको नकली जर्सी बजारमा मात्र ४५ युरोमा पाइन्छ । क्लबले पहिलो दिन जर्सीबाट करिब ५ करोड ४० लाख युरो आम्दानी ग¥यो ।

जबकी युभेन्टसले रोनाल्डोलाई करिब १० करोड युरोमा सम्झौता गरेको थियो । सिरी ए च्याम्पियनले रोनाल्डोलाई चार वर्षमा १२ करोड युरो अतिरिक्त रकम तिर्नेछ ।
यस्तै अन्तर्राष्ट्रिय फुटलबको सर्वोच्च संस्था फिफाको नियमअनुसार युभेन्टसले १ करोड २० लाख युरो अतिरिक्त खर्च गर्नु पर्नेछ । जसले रोनाल्डोसँग सम्झौता गरेको कूल रकम करिब २३ करोड २० लाख युरो हुन आउँछ ।

यो युभेन्टसको पछिल्लो ३० वर्षमा सबैभन्दा महगो सम्झौता पनि हो । योसँगै रोनाल्डो पेरिस सेन्ट जर्मेनका नेयमार र बार्सिलोनाका लियोनेल मेसीपछि सर्वाधिक तलब पाउने तेस्रो फुटबलर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्