त्यो पेनाल्टी थिएन—डेर्मोट



लन्डन, (एजेन्सी)
प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालगेरले विश्वकप फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी हान्न दिनु सतप्रतिशत गलत भएको दावी गरेका छन् ।

३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार बलले क्रोएसियाका इभान पेरिसिचको हातमा छोएको थियो । पहिले रेफ्री नेस्टोर पीटानले पेनाल्टी दिएनन् । पछि जब भिडियो एसिस्टेन्ट रेफ्री (भार) को समीक्षाको निर्णय आयो पेनाल्टी । तब त्यो शतप्रतिशत पेनाल्टी भने थिएन ।

उनले बताए अनुसार फरवार्डले हेड गरेको बल उनको हातमा छोएको हो उनले बललाई छोएको होइन । उनले बललाई प्रभाव पार्ने गरि छोएमा पेनाल्टी हुने उनको भनाइ थियो । उनले थपे—यदि मनसाय जानाजान बल छोएको छ भने त्यो पेनाल्टी हुन्छ नियमले यस्तै भन्छ । उनको हात नियम अनुसार ठिक स्थानमा छैन । त्यसैले त्यो पेनाल्टी नियम विपरित हो ।

प्रतिक्रिया दिनुहोस्