अमेरिका: ज्वालामुखी विस्फोट



हवाइ,(एजेन्सी)
अमेरिकाको हवाईमा अचानक भएको ज्वालामुखि विस्फोटको कारण एउटा सानो जहाजमा सवार २३ जना पर्यटक घाइते भएको सरकारी अधिकारीहरुले मंगलवार बताएका छन् ।

हवाइको किलाउया ज्वालामुखी विस्फोट हुँदा निस्केको ढुँगा र अन्य अवशेष सो पर्यटक जहाजमा खसेको थियो । तातो लाभा यसरी पोखिँदा एकजना यात्रुको खुटा भाँचिनुका साथै अन्य थुप्रैलाई पोलेको थियो । गत मे महिनामा पहिलो चोटि विस्फोट भएको यो ज्यालामुखी पटक पटक विस्फोट हुँदै आएको छ । सा ेजहाज आफैं बन्दरगाहमा पुगेको तथा घाइतेलाई अस्पतालमा लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्