अफगानिस्तान: लडाकु मारिए



कावुल,(एजेन्सी)
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिवान लडाकुहरु विरुद्ध जारी रहेको सैनिक हवाई कारबाहीको क्रममा ६२ जना भन्दा बढी आलडाकु मारिएको सुरक्षा सुत्रले मंगलवार जनाएको छ । विगत २४ घण्टाभित्र भएको उक्त कारबाहीमा सो संख्यामा तिनीहरु मारिएको सेनाका प्रवक्ता यहया आलाभीले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान लडाकुहरु लुकेर बसेको स्थानलाई लक्षित गरी योे कारबाही गरिएको आलाभीले बताएका हुन् । यसै क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा भएको दोहरो भिडन्तमा नौ जना प्रहरी पनि मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्