क्युबा: मोबाइलमा इन्टरनेट



हवाना (एजेन्सी)
क्यबामा हालै मात्र सिमित ब्यक्तीका लागि मोबाइल फोनमा इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । तर यो बर्षको अन्त्यसम्ममा सबै नागरिकका लािग यो सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अहिले समाचार एजेन्सी, टेलिभिजन च्यानल, अखबारका पत्रकारहरुलाई सबैभन्दा पहिला मोबाइल इन्टरनेट सेवा दिइएको छ । नयाँ राष्टपति माइकल डियाज कनेलले पदभार सम्हालेको बेला आफु अर्थब्यवस्था उकास्नमा लाग्ने र क्युबाली नागरिकलाई उनीहरुको क्रान्तिको रक्षा गर्नमा मद्दत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सन्चार माध्यमलाई यो सेवा उपलब्ध हुनुले कुनै पनि स्थानबाट तत्काल घटनाको जानकारी पाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्