गत आवमा ६२ अर्बभन्दा बढीको शेयर थपियो



नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७४/७५ मा नेपाल धितोपत्र बोर्डमा १ सय १२ वटा कम्पनीको ३३ अर्ब ८ करोड ६९ लाख ३९ हजार ९ सय ९८ दशमलव ९१ रुपियाँ बराबरको ३३ करोड ८६ लाख ८८ हजार ८ सय १९ दशमलव ५९ कित्ता बोनस शेयर सँचीकृत भएका छन् ।

गत आर्थिक वर्षमा बोनस शेयर दिनेमा वाणिज्य बैंक समँहका १७ वटा, बीमा समँहका २० वटा, विकास बैंक समँहका २२ वटा, लघुवित्त समूहका ३० वटा, होटल समँहका २ वटा, वित्त समँहका १०, जलविद्युत् समँह ६, अन्य समूहका ४ र उत्पादक तथा प्रशोधन समँह एउटा कम्पनी रहेका छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा वाणिज्य बैंकहरूको २३ अर्ब ३३ करोड ८ लाख १७ हजार ८ सय ९१ रुपियाँबराबरको २३ करोड ३३ लाख ८ हजार १ सय ७८ दशमलव ९० कित्ता बोनस शेयर सँचीकृत भएको छ भने विकास बैंक समँहको २ अर्ब ९८ करोड, ९२ लाख ७५ हजार ३३५ रुपियाँ बरारबको २ करोड ९८ लाख ९२ हजार ७ सय ५३ दशमलव ३५ कित्ता बोनस शेयर सँचीकृत भएको छ ।

बीमा समँहको ३ अर्ब ४४ करोड १४ लाख ३८ हजार ४ सय ५० रुपियाँबराबरको ३ करोड ४२ लाख ७७ हजार ७ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सँचीकृत भएको छ । वित्त समँहको ४६ करोड ६१ लाख ८४ हजार ३ सय ३१ रुपियाँ बराबरको ४६ लाख ६१ हजार ८ सय ४३ दशमलव ३१ कित्ता शेयर सँचीकृत भएका छन् ।

त्यसैगरी लघुवित्त समँहको १ अर्ब ४९ करोड ९ लाख ४५ हजार ३ सय १५ रुपियाँ बराबरको १ करोड ४८ लाख ७८ हजार ८ सय ६१ कित्ता, होटल समँहका २२ करोड ९३ लाख ९३ हजार ७५ रुपियाँबराबरको १ करोड १ लाख १३ हजार ३ सय ५० दशमलव ३५ कित्ता र अन्य समँहको ३३ करोड ६६ लाख ३६ हजार २ सय ४५ रुपियाँबराबरको ३३ लाख ६६ हजार ३ सय ६२ दशमलव ४५ कित्ता शेयर सँचीकृत भएको छ ।

जलविद्युत् समँहको ७७ करोड ५३ लाख ४ हजार ५ सय ७२ रुपियाँ बराबरको ७७ लाख ५३ हजार ४५ दशमलव ७२ कित्ता र उत्पादक तथा प्रशोधन समँह २ करोड ६९ लाख ४३ हजार ९ सय रुपियाँ बराबरको २ लाख ६९ हजार ४ सय ३९ कित्ता बोनस शेयर सँचीकृत भएको छ । समग्रमा गत आर्थिक वर्षमा कुल ३३ करोड ८० लाख ७८ हजार ७ सय १६ दशमलव ७० कित्ता बोनस शेयर सँचीकृत भएका हुन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डमा गत आर्थिक वर्षमा ५५ वटा कम्पनीको २५ अर्ब ७० करोड ४१ लाख ८८ हजार ६७६ रुपियाँ बराबरको २५ करोड ७० लाख ४१ हजार ८ सय ८६ दशमलव ७६ कित्ता हकप्रद शेयर स्वीकृत भएका छन् । हकप्रद शेयर स्वीकृत गर्नेमा ६ वटा वाणिज्य बंैक, १७ वटा विकास बैंक, ११ वटा बीमा कम्पनी, १२ वटा वित्त कम्पनी र ९ लघुवित्त कम्पनीको हकप्रद शेयर धितोपत्र बोर्डमा स्वीकृत भएको हो ।

जसमध्ये वाणिज्य बैंक समँहको ११ अर्ब ६२ करोड ११ लाख ९२ हजार ९ सय २२ रुपियाँ बरारको ११ करोड ६२ लाख ११ हजार ९ सय २९ दशमलव २२ कित्ता, विकास बैंक समँहको ५ अर्ब ७५ करोड ६५ लाख ९७ हजार ६ सय ९७ रुपियाँ बराबरको ५ करोड ७५ लाख ६५ हजार ९७६ दशमलव ९७ कित्ता, बीमा समँहमा ४ अर्ब ७५ करोड ४० लाख ६४ हजार ९ सय ४ रुपियाँ बराबरको ४ करोड ७५ लाख ४० हजार ६४९ दशमलव शँन्य ४ कित्ता बोर्डमा स्वीकृत भएका छन् ।

त्यस्तै वित्त समँहको २ अर्ब ७५ करोड ३७ लाख ९९ हजार ७ सय ७८ रुपियाँ बराबरको २ करोड ७५ लाख ३७ हजार ९ सय ९७ दशमलव ७८ कित्ता र लघुवित्त समँहको ८१ करोड ८५ लाख ३३ हजार ३ सय ७५ रुपियाँबराबरको ८१ लाख ८५ हजार ३ सय ३३ दशमलव ७५ कित्ता हकप्रद शेयर स्वीकृत भएका छन् । अधिकांश कम्पनीहले स्वीकृत हकप्रद शेयर वितरण गरिसकेका छन् ।

आईपीओ र एफपीओ
गत आर्थिक वर्ष २०७४/७५ मा नेपाल स्टक एक्सेन्ज नेप्सेमा २ अर्ब ९४ करोड ४ लाख १७ हजार रुपियाँ बराबरको २ करोड ९४ लाख ४ हजार १ सय ७० कित्ता आईपीओ सँचीकृत भएको छ ।

सँचीकृतमध्ये ६ वटा लघुवित्त कम्पनीहरुको ३७ लाख ५० हजार कित्ता र ५ वटा जलविद्युत् कम्पनीको २ करोड ५६ लाख ५४ हजार १ सय ७० कित्ता आईपीओ रहेको छ । सँचीकृत हुने लघुवित्त कम्पनीहरुमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता, माहुली लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता, उनन्ती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ लाख ५० हजार कित्ता, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता रहेको छ ।

त्यस्तै जलविद्युत् कम्पनीहरुमा रैराङ हाइड्रोपावर डेभलपमेन्टको ५६ लाख कित्ता, राधी विद्युत् कम्पनीको ४१ लाख कित्ता, नेपाल हाइड्रो डेभलपरको २६ लाख कित्ता, छयाङ्दी हाइड्रोपावरको २७ लाख कित्ता र हिमालय पावर पार्टनरको १ करोड ६ लाख ५४ हजार १७० कित्ता रहेको छ ।

यस वर्षमा ४ वटा कम्पनीहरुको ६६ लाख ९९ हजार २ सय ४७ कित्ता एफपीओ पनि नेप्सेमा सँचीकृत भइसकेको छ । एफपीओ सँचीकृत हुने कम्पनीहरु प्रिमियर लाइफ इन्स्योरेन्सको ६ लाख ५९ हजार ५६५ कित्ता, नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता, बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता र पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता गरी कुल ६६ लाख ९९ हजार २४७ कित्ता एफपीओ नेप्सेमा सँचीकत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्