सीको तस्वीरमा मसी छ्याप्ने महिला पक्राउ



सांघाइ (एजेन्सी)
चिनमा एक महिला सामाजिक सन्जालमा आफ्नै लाइभ स्ट्र्रिमिंगमा चिनियाँ राष्टपति सी जिनपिंगको एक तस्वीरमा मसी छ्याप्दै देखिएपछि उनलाई गिरफ्तार गरिएको छ ।
अमेरिका स्थित चाइनिज ह्युमन राइट्स डिफेन्डर्स (सीएचआरडी)का कार्यकर्ता नेटवर्कले ती महिलाका पिता र एक अर्को चिनियाँ कलाकारलाई पनि अधिकारीहरुले हिरासतमा लिएको जनाएको छ । ती महिला चीनको अवस्थालाई लिएर सामाजिक सन्जालमा प्रचार गर्न चाहेको बताइएको छ ।

महिलाको पहिचान २८ बर्षिय दांग याओकिओंग भएको मानवअधिकारवादी कार्यकर्ताले जनाएको छ । गत जुलाइमा उसले ट्विटरमा लाइभ स्ट्र्मििंग भिडियोमा सत्तारुढ कम्युनिस्ट पार्टी ‘दमनकारी तरिकाबाट नागरिकको सोचमा नियन्त्रण‘ गर्ने काम गरिरहेको आरोप लगाएकी थिइन् । उक्त भिडियो लाखौं पटक रिट्विट गरिएको थियो । भिडियोमा दोंग देशको आर्थिक केन्द्र सांघाइको एक स्थानमा सीको तस्वीर भएको पोस्टरमा मसी छ्याप्दै गरेको देखिएकी थिइन् ।

महिलाले भनेका थिए ( सी जिनपिंग म यहीं तपाईंलाई कुरिरहने छु । आउ मलाई गिरफ्तार गर । ती महिलालाई पछि पक्राउ गरिएको र उक्त घटनापछि उनको ट्विटर अकाउन्ट पनि डिलिट गरिएको सीएचआरडीले जनाएको छ । उनको अन्तिम ट्विटमा एउटा तस्वीर पोस्ट गरिएको थियो , जसमा उनको अपार्टमेन्ट बाहिर कयौं बर्दिधारी सुरक्षाकर्मी उभेका देखिन्थे ।

सीएचआरडीले भनेको छ ( अधिकारीहरु सी जिनपिंगको महिमा बचाइराख्न अभिब्यक्ती स्वतन्त्रता कुल्चिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्