चीन: सुरक्षा चिन्ता



बेइजिंग (एजेन्सी)
पाकिस्तानमा गत जुलाई १३ मा भएको एक आक्रमणमा १ सय ३० जनाको मृत्यु भएपछि चिनियाँ सरकारी सन्चार माध्यमले त्यस प्रति चिन्ता ब्यक्त गरेको छ । चीन पाकिस्तान आर्थिक राजमार्ग (सीपीइसी) परियोजना र इस्लामाबादमा रहेका आफना नागरिकको सुरक्षा प्रति बढी सतर्क हुनु पर्नेमा संचार माध्यमले सचेत गराएको छ ।

पाकिस्तानको दक्षिणी बलुचिस्तानमा भएको उक्त शक्तिशाली विस्फोटमा कयौंको ज्यान गएको थियो । मृत्यु हुनेमा आगामी चुनाव लडिरहेका एक उम्मेदवार पनि परेको थियो । पाकिस्तानमा स्थिति खराब भइरहने हो भने उर्जा तथा परिवहन सम्बन्धित परियोजनाहरु निसाना बन्न सक्ने ग्लोबल टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्