ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंक्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आइएमई बैंकका १३१ वटै शाखामार्फत नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पँर्ण सेवा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्पmत सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३१ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १३२ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर तथा सय शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्र्पक कार्यालय मार्पmत ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्